MANCHESTER, ENGLAND - NOVEMBER 26: The players of Manchester City line up prior to the UEFA Champions League group C match between Manchester City and Shakhtar Donetsk at Etihad Stadium on November 26, 2019 in Manchester, United Kingdom. (Photo by Alex Livesey - Danehouse/Getty Images)

म्यान्चेष्टर सिटीलाई प्रतिबन्ध : दुई सिजन च्याम्पियन्स लिग फुटबल खेल्न नपाउने

काठमाडौँ । म्यान्चेष्टर सिटीले दुई सिजन च्याम्पियन्स लिग फुटबल खेल्न नपाउने भएको छ । क्लबले आर्थिक पारदर्शिता लगायत नियमको गम्भीर उल्ल|घन गरेको ठहर गर्दै यूरोपेली फुटबल महासंघ ईयूएफए ले सिटीलाई २ वर्षसम्म च्याम्पियन्स लिगमा प्रतिवन्ध लगाउने निर्णय गरेको हो ।

इंग्लिस प्रिमियर लिगको साविक विजेता सिटीलाई ३ करोड युरो जरिवाना पनि गर्ने निर्णय गरेको छ । महासंघको आर्थिक विभागले गरेको छानबिनमा सन् २०१२ देखि २०१६ सम्मको अवधिमा प्रायोजनसम्बन्धी आम्दानीमा दोषी पाइएपछि कारबाही गरिएको महासंघले जनाएको छ ।

यो निर्णयले क्लब आश्चर्यचकित नभएको तर कानूनी उपचार खोज्ने प्रतिक्रिया दिएको बीबीसीले जनाएको छ । यो निर्णयबारे पुनर्विचारका लागि क्लबले खेलकुदको मध्यस्थता सम्बन्धी न्यायालयमा अपिल गर्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दीपेन्द्रसिंह ऐरीको जर्सी १ हजार ५० डलरमा बिक्री

काठमाडौं । अमेरिकाका नेपाली क्रिकेट टीमका खेलाडी दीपेन्द्रसिंह ऐरीको जर्सी सबैभन्दा बढी मुल्यमा विक्री भएको …

प्रतिकृया दिनुहॊस