सिटिजन्स बैंकद्वारा माया घर नेपाललाई आर्थिक सहयोग प्रदान

इटहरी । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले इटहरी स्थित माया घर नेपाललाई ८० हजारको आर्थिक सहयोग उपलब्ध गराएको छ ।

मानसिक स्वास्थ्यमा समस्या भएको तथा सडकमा बेबारिसे भई जीवन र मृत्युको दोसाधमा जीवन विताईरहेका मानवहरुलाई पुर्नस्थापना गरी सिपमुलक तालिम संचालन गर्दै माया दिने छहारीमा राख्ने तथा पुर्नमिलन गराई जीवन दर्शन तथा आध्यात्मिक ज्ञानको मध्यमबाट समाजलाइ सुसंस्कार तफै लैजाने उद्देश्यले संचालित मायाघर नेपालको प्रांगणमा आयोजित एक समारोहका बीच उक्त सहयोग रकम प्रदान गरिएको हो ।

हाल माया घर नेपालमा विभिन्न उमेर समुहका  असमर्थ असक्त, अपाङ्ग र मानसिक सन्तुलन गुमेर सडकमा आएका ५४ जनालाई उद्धार गरी माया घर नेपालमा ल्याई औषधी उपचार सहितको गाँस, बाँसको व्यवस्था गर्दै आई रहेको छ । अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस