हिमालयन बैंकका नवनिर्वाचित अध्यक्ष गौतमले लिए सपथ

काठमाडौं । हिमालयन बैंक लिमिटेडको संचालक समिति अध्यक्षमा निर्वाचित तुलसी प्रसाद गौतमले पद तथा गोपनीयताको सपथ लिएका छन् । बैंक संचालक समितिको माघ २९ गते बुधवार बसेको ३८१ औं बैठकले गौतमलाई अध्यक्षमा निर्विरोध चयन गरेको थियो ।

नव नियूक्त अध्यक्ष गौतमलाई नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् । गौतम संस्थापक शेयरधनी कर्मचारी संचय कोषका तर्फबाट हिमालयन बैंकको संचालक समितिमा प्रतिनिधित्व गर्दछन् ।

समारोहमा डेपुटी गर्भनर सिवाकोटीले गौतमलाई बधाई दिंदै उहाँको कार्यकालमा हिमालयन बैंकले थप उत्साह जनक प्रगतिको कामना गरे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनएमबी बैंकको एघारौँ ‘हेरिटेज वाक’, सोसाइटीलाई ५ लाख सहयोग

काठमाडौँ । एनएमबी बैंकले एघारौँ ‘हेरिटेज वाक’ कार्यक्रम सम्पन्न गरेको छ। बुधवार बैंकको बल्खु शाखाबाट …

प्रतिकृया दिनुहॊस