कोरोना भाइरसको संक्रमणबाट एकैदिन २ सय ४२ जनाको मृत्यु

काठमाडौं । चीनमा कोरोना भाइरसको संक्रमणबाट हिजो(बुधबार) एकैदिन २ सय ४२ जनाको मृत्यु भएको छ । कोभिड–१९ नाम दिइएको यो भाइरसबाट हिजो एकैदिन १४ हजार मानिस संक्रमित भएका छन् ।

कम संक्रमण भएकाहरुलाई पनि संक्रमितको तथ्यांकमा राख्न थालेपछि भाइरसबाट प्रभावित हुनेहरुको संख्या ह्वात्तै बढेको हो । अहिलेसम्म ६० हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । चीनको पिपुल्स डेली पत्रिकाका अनुसार कोरोनाको उद्गमस्थल मानिएको हुबेई प्रान्तमा मात्रै झण्डै १३ सयको मृत्यु भएको छ ।

कुल मृतकको संख्या १३ सय १० पुगेको छ । अहिले पनि ३३ हजार ७ सय जना अस्पतालमा उपचाररत छन् । ३ हजार ४४१ जनालाई उपचारपछि घर फर्किएका छन् । -एजेन्सी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सोल्टी होटल र इसेवाबीच सहकार्य

काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र पाँचतारे होटेल सोल्टी होटेल्स तथा रिसोर्टसबीच व्यावसायिक …

प्रतिकृया दिनुहॊस