डेढ खर्बले घट्यो बजेट, चालू आर्थिक वर्षको पुँजीगत र वित्तीय खर्चमा पनि संशोधन

काठमाडौँ । सरकारले चालू आर्थिक वर्षका लागि विनियोजित बजेटको आकार करिब डेढ खर्ब रुपियाँले घटाएको छ । बुधबार चालू आर्थिक वर्ष २०७६/७७ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै चालू आवका लागि कुल विनियोजित १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखबाट १३ खर्ब ८५ अर्ब ९६ करोड ३६ लाख रुपियाँ खर्च हुने अनुमान गरेको हो । यो कुल विनियोजित रकमको ९०.४ प्रतिशत हो ।

बजेटको आकारसँगै चालू, पुँजीगत र वित्तीय खर्चमा पनि संशोधन गरिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले चालूतर्फ नौ खर्ब चार अर्ब ४६ करोड आठ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको बताए । यसअघि सरकारले बजेटमा नौ खर्ब ५७ अर्ब १० करोड रुपियाँ चालू खर्च गर्ने लक्ष्य राखेको थियो । त्यस्तै चार खर्ब आठ अर्ब ५९ लाख पुँजीगत खर्च गर्ने लक्ष्य राखेकामा यसलाई संशोधन गर्दै तीन खर्ब २६ अर्ब ८१ करोड खर्च हुने अनुमान गरिएको छ । वित्तीय खर्चतर्फ एक खर्ब ६७ अर्ब ८५ करोड रुपियाँ खर्च गर्ने लक्ष्य रहेकामा अर्धवार्षिक समीक्षामार्फत यसको आकार एक खर्ब ५४ अर्ब ६९ करोड रुपियाँ पु¥याइएको छ ।

सरकारले राजस्व स्रोतको लक्ष्यसमेत घटाएको छ । राजस्व र आन्तरिक ऋणबाट ११ खर्ब ७६ अर्ब रुपियाँ स्रोत परिचालन गर्ने लक्ष्य रहेकामा त्यसलाई घटाएर ११ खर्ब ३२ अर्ब ५० करोड रुपियाँ पु¥याइएको छ । यो कुल बजेटको ९५.६ प्रतिशत हो । त्यस्तै वैदेशिक अनुदानतर्फ ५७ अर्ब ९९ करोड स्रोत सङ्कलन गर्ने लक्ष्य ४३ अर्ब ५५ करोड रुपियाँ पु¥याइएको छ । वैदेशिक ऋण दुई खर्ब ९८ अर्ब ८३ करोड लक्ष्य रहेकामा त्यसको आकार पनि घटाएर दुई खर्ब नौ अर्ब ९० करोड रुपियाँ सङ्कलन गर्ने अनुमान गरिएको छ ।

विगत एक दशकका बजेट हेर्दा हामी राम्रो स्थानमै छौँ, संशोधित अनुमान आर्थिक वृद्धिको निर्धारित लक्ष्य नजिक नै पु¥याउने छौँ । अर्थ मन्त्रालयका अनुसार चालू आवको पहिलो छ महिनामा चार खर्ब २२ अर्ब ५५ करोड रुपियाँ खर्च भएको छ । यो कुल विनियोजनको २७.६ प्रतिशत हो । कुल खर्चमध्ये चालूतर्फ तिन खर्ब नौ अर्ब ६० करोड, पुँजीगततर्फ ६२ अर्ब ७८ करोड र वित्तीयतर्फ ५० अर्ब १७ करोड रुपियाँ खर्च भएको छ । अहिलेसम्मको खर्चका आधारमा विकास खर्च लक्ष्यको १५.४ र वित्तीय खर्च २९.९ प्रतिशत हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०२ पैसा र बिक्री दर १३३ रुपैयाँ ६२ पैसा पुगेको छ ।

प्रतिकृया दिनुहॊस