एक दिवसीय विश्वकप लिग टु : अमेरिका विरुद्ध नेपालको शानदार जित

काठमाडौं ।  कीर्तिपुरमा जारी एक दिवसीय विश्वकप लिग टुमा अमेरिका विरुद्ध नेपालले शानदार जित निकालेको छ । नेपालका स्पिनर चम्किदा अमेरिका ३५ रनमै समेटिएको थियो । जवाफी ब्याटिङमा नेपालले दुई विकेट गुमाउँदै ५.२ ओभरमै लक्ष्य भेटायो ।

नेपालका लागि पूर्व कप्तान पारस खड्काले २०, दीपेन्द्रसिं ऐरीले १५ र ज्ञानेन्द्र मल्ले एक रन जोडे । सुवास खकुरेलले भने खाता खोल्न सकेनन् । टस जितेर फिल्डिङ रोजेको नेपालले ३५ रनमा अमेरिकालाई रोक्दै १६ वर्ष अगाडि श्रीलंकाले बनाएको विश्व कीर्तिमानको बराबरी गरेको छ ।

२५ अप्रिल २००५ मा श्रीलंकाले जिम्बाबेलाई ३५ रनमा रोक्दै सवैभन्दा कम योगफलमा समेटेको थियो । १५ वर्ष पछाडि बुधबार अमेरिकालाई १२ ओभरमै अलआउट गर्दै ३५ रनमा रोकेपछि विश्व कीर्तिमान बनाएको हो । त्यसअघि सन् २००३ मा श्रीलंकाले नै क्यानडालाई ३६ रनमा रोकेको योगफल सवैभन्दा कम थियो ।

अमेरिका विरुद्ध नेपालका सन्दीप लामिछाने र सुशन भारी चम्किएका थिए । टस जितेर पहिले फिल्डिङ गरेको नेपालका लागि सन्दीपले ६ विकेट लिए । ६ ओभर बलिङ गरेका सन्दीपले १६ रन खर्चेर ६ विकेट लिए । सुशन भारीले तीन ओभरमा ५ रन दिएर चार विकेट लिए । सुशनको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो ।

६ विकेट लिने सन्दीप पहिलो नेपाली खेलाडी बने । यसअघि सोमपाल कामीले ५ विकेट लिएका थिए । सोमपालले ३३ रन खर्चिएर पाँच विकेट लिएका थिए । तीन ओभर बलिङ गरेका करण केसीले भने एक मेडन सहित १३ रन खर्चिए ।

सन्दीप र सुशन चम्किए पछि अमेरिका १२ ओभरमै अलआउट भयो । अमेरिकाका लागि जेभिएर मार्सलले १६ रन जोडे । अन्य ब्याट्सम्यानले ५ रन समेत बनाउन सकेनन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दीपेन्द्रसिंह ऐरीको जर्सी १ हजार ५० डलरमा बिक्री

काठमाडौं । अमेरिकाका नेपाली क्रिकेट टीमका खेलाडी दीपेन्द्रसिंह ऐरीको जर्सी सबैभन्दा बढी मुल्यमा विक्री भएको …

प्रतिकृया दिनुहॊस