‘ए’ डिभिजन लिगका १२ औं चरणका खेलहरु सकिंदै, हिमालयन शेर्पा र जावलाखेल युथ भिड्दै

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजबाट १२ औं चरणका खेलहरु सकिनेछन् । आज हुने एउटामात्रै खेलमा हिमालयन शेर्पा क्लबले जावलाखेल युथ क्लबसँग खेल्नेछ ।

यो खेल एन्फा कम्प्लेक्स सातदोवाटोमा दिउँसो १ बजे हुनेछ । जारी लिगको उपाधि छिनोफानो अन्तिम खेलबाट हुने पक्का भएको छ । शनिवार दशरथ रंगशालामा हुने लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र क्लब भिड्नेछन् ।

१२ औं चरणको खेलसम्म यी दुई टोलीबिच १ अंकको मात्रै अन्तर छ । २९ अंक जोडेको आर्मी क्लब शीर्ष स्थानमा छ भने २८ अंकसहित मच्छिन्द्र दोस्रो स्थानमा छ । उपाधि जित्न अन्तिम खेलमा मच्छिन्द्रलाई जित चाहिन्छ भने आर्मी क्लबलाई बराबरी भए पुग्नेछ ।

उपाधि जसले जितेपनि नेपाली लिगको ईतिहासमा नयाँ च्याम्पियन थपिने निश्चित छ । आर्मी र मच्छिन्द्रले अहिलेसम्म ए डिभिजन लिगको उापधि जित्न सकेका छैनन् ।

१४ टोली सहभागी यो वर्षको ए डिभिजन लिगबाट सरस्वती युथ क्लब रेलिगेशनमा परिसकेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बहराइनसँग नेपाल पराजित

काठमाडौँ । नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनौटअन्तर्गत बहराइनसँग पराजित भएको छ । …

प्रतिकृया दिनुहॊस