प्रेस युनियन काठमाडौँको अध्यक्षमा दुलाल, सचिबमा कुँवर

काठमाडौं । नेपाल प्रेस युनियन काठमाडौँ शाखाको अध्यक्षमा जगन्नाथ दुलाल निर्वाचित भएका छन् । युनियनको मङ्गलबार सम्पन्न आठौँ जिल्ला अधिवेशनबाट दुलालको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो ।

अध्यक्षका अर्का उम्मेदवार महेश्वर गौतमलाई ९२ मतान्तरले हराउँदै दुलाल निर्वाचित भएका हुन । दुलालले २८५ मत प्राप्त गर्नुभयो भने गौतमले १९३ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत प्रकाश रावलले जानकारी दिए ।

कूल ८४३ सदस्य रहेको काठमाडौँ शाखामा अध्यक्ष पदका लागि निर्वाचन हुँदा ४७७ मत खसेको थियो । शाखाको उपाध्यक्ष खुलामा अच्युत रेग्मी, समावेशी उपाध्यक्षमा टुकामाया भण्डारी, सचिवमा अक्कलबहादुर कुँवर, सहसचिवमा सञ्चिता खनाल र कोषाध्यक्षमा निरास तामाङ निर्वाचित भएका छन् ।

यस्तै सदस्यमा मनोज भण्डारी, निर्मल धिताल, रोशन सापकोटा, नवराज भट्ट, प्रवीण श्रेष्ठ, घनश्याम श्रेष्ठ, लोकेन्द्र भट्ट र राधा ढुङ्गाना निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।नवनिर्वाचित अध्यक्ष दुलालले लोकतन्त्रवादी पत्रकारलाई एकजुट बनाई श्रमजीवी पत्रकारको पक्षमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई रिहा …

प्रतिकृया दिनुहॊस