७ प्रतिशतले सुधार हुँदा १२२ करोड पुग्यो स्ट्यान्डर्ड चार्टर्डको आम्दानी

काठमाडौँ । स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले १२२ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ । बैङ्कले प्रकाशित गरेको चालु आर्थिक वर्षको वित्तीय विवरण अनुसार बैङ्कले १ अर्ब २२ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको हो । यो नाफा बैङ्कको अघिल्लो वर्षको नाफाको तुलनामा ७.१२ प्रतिशत बढी हो । नाफा सुधारिए पनि बैङ्कको जगेडा कोष भने १ करोड रुपैयाँले घट्दा ५ अर्ब ९ करोड रुपैयाँमा झरेको छ ।

बैङ्कले यो अवधिमा ३ अर्ब ४१ करोड ब्याज आम्दानी र १ अर्ब ५८ करोड ब्याज खर्च गरेको छ । गैरब्याजतर्फ ४२ करोड ९४ लाख रुपैयाँ आम्दानी र १ करोड ७० लाख रुपैयाँ खर्च गरेको छ । ६ महिनाको अवधिमा कर्मचारी खर्च ५८ करोड ३२ लाख रुपैयाँ पुग्दा अन्य सञ्चालन खर्च २५ करोड ७३ रुपैयाँ कायम भएको छ ।

बैङ्कले अघिल्लो वर्षभन्दा निक्षेप र कर्जा दुवैमा वृद्धि गरी क्रमशः ८० अर्ब ५४ करोड र ७३ अर्ब ७४ करोड रुपैयाँ पुर्याएको छ । बैङ्कको निक्षेप वृद्धिदर कर्जाको वृद्धिभन्दा उच्च देखिए पनि सीसीडी अनुपात भने कसिलो देखिएको छ । बैङ्कको सीसीडी अनुपात ७८.५६ प्रतिशत पुगेको छ । पुँजीकोष अनुपातभने अहिले पनि १६.०८ प्रतिशत छ ।

बैङ्कको कस्ट अफ फण्ड ४.७७ प्रतिशत र बेसरेट ७.३३ प्रतिशत छ । बैङ्कको निष्क्रिय कर्जा अनुपात केही घट्दा खराब कर्जाको प्रोभिजन ७०० प्रतिशत पुगेको छ । बैङ्कको स्प्रेडदर भने ५.९३ प्रतिशत छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनआईसी एसिया बैंकद्वारा ‘विराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौँ । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको ‘विराट गोल्ड कप फुटबल’ लाई …

प्रतिकृया दिनुहॊस