नेपाल लाइफको बीमा शुल्क ७८ प्रतिशतले बढ्यो, सिञ्चित बीमा शुल्क खर्बभन्दा माथि

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले बीमाशुल्कलाई ७८ प्रतिशतले बढाएको छ । नेपाल लाइफले अघिल्लो वर्षको पुससम्म ७ अर्ब ९४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेकोमा यो आकारलाई यो वर्ष १४ अर्ब ७ करोड रुपैयाँ पुर्याएको हो । यो बीमाशुल्क आर्जनसँगै नेपाल लाइफको हालसम्मको कुल बीमाशुल्क १ खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ ।

५ अर्ब ४९ करोड चुक्तापुँजी भएको इन्स्योरेन्ससँग अहिले २ अर्ब ६१ करोडको जगेडा कोष, ७७ अर्ब ५९ करोडको जीवनबीमा कोष र ४७ करोडको महाविपत्ति कोष छ । इन्स्योरेन्सले ६ महिनामा करिब ४६ करोड ९१ लाख रुपैयाँ व्यवस्थापन खर्च गरेको छ ।

नेपाल लाइफको खुद नाफा भने ३५ करोड रुपैयाँ छ । यो अघिल्लो वर्षको सोही अवधिको नाफा भन्दा २५ प्रतिशतले बढी हो । तर यो नाफा बीमांकीय मूल्याङ्कन अघिको भएकोले यसले ठूलो अर्थ भने राख्दैन ।
हालसम्म १२ लाख ५८ हजार बीमालेख बिक्री गरेको नेपाल लाइफले ६ महिनाको अवधिमा २१ हजार ३ सय ४७ जनालाई मात्रै ३ अर्ब १९ करोडको दाबी भुक्तानी गरको छ । उक्त इन्स्योरेन्सले आफ्ना बीमितहरुलाई प्रतिहजार ६२ रुपैयाँदेखि ८२ रुपैयाँसम्मको बोनस दिँदै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सूर्यज्योतिले मनायो आफ्नो १६ औँ वार्षिकोत्सव

काठमाडौँ । जीवन बिमा कम्पनीहरूबिच पहिलो पटक मर्जरको अभ्यास गरेर इतिहास रचेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले …

प्रतिकृया दिनुहॊस