जथाभावी नियुक्ति र आर्थिक सहायता बाँड्दा स्थानीय तहमा चरम व्यथिति

सुर्खेत । जथाभावी रकमान्तर गर्ने, आफन्तहरुलाई आर्थिक सहायता बाँड्ने तथा विभिन्न नियुक्ति दिने जस्ता कामले स्थानीय तहको काम कारवाहीमाथि प्रश्न उठ्ने गरेको छ । महालेखा, अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता सरकारी निकायको तथ्यांकले समेत स्थानीय तहमा वित्तीय अनुशासन पालना नभएको देखाएको छ ।

गत माघ १० गते जाजरकोटको जुनिचाँदे गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसी र उपाध्यक्षका श्रीमान् आठ लाख रुपैयाँ घुस रकमसहित सुर्खेतमा पक्राउ परे । त्यसको केही दिनपछि दैलेख डुंगेश्वर गाउँपालिकाका ५ का वडाध्यक्ष भक्तबहादुर शाहीसहित तीन जना शिक्षक नियुक्तिको क्रममा अनियमितता गरेको आरोपमा दैलेखको डुंगेश्वर गाउँपालिका ५ का वडाध्यक्ष भक्तबहादुर शाहीसहित तीन जना शिक्षक पक्राउ परे ।

स्थानीय तहका जनप्रतिनिधि भ्रष्टाचारमा संलग्न भएका यी प्रतिनिधि घटना मात्र हुन् । कृषि, पशुपालन लगायतका अनुदानप्राप्त योजनाहरु डुब्लिकेशन, आफूलाई फाइदा हुने योजनामा कार्यविधि विपरीत बजेट पार्ने लगायतका गतिविधि बढेको सुर्खेतस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । अभिभावकको सल्लाहअनुरूप चल्न सके राम्रो हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिकृया दिनुहॊस