चिकित्सक संघको चुनाबमा प्रजातन्त्रवादीका सवै उम्मेद्वार विजयी (मत परीणामसहित)

काठमाडाैँ । नेपाल चिकित्सक संघमा प्रजातन्त्रवादी प्यालनका सबै उम्मेदवार विजयी भएका छन् ।  अध्यक्षमा प्रजातन्त्रवादी प्यानलका डा. लोचन कार्की सहित सवै उम्म्दवार विजयी भएका हुन् । मंगलबार बिहान सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार डा. कार्की ४ हजार १११ मत ल्याएर बिजयी भएका हुन्।  उनका निकटतम् प्रतिप्रस्पर्धी डा. पुष्पमणि खरालले एक हजार ९७९ मत ल्याए ।

बरिष्ठ उपाध्यक्षमा डा. शिबप्रसाद श्रेष्ठले ३ हजार ५९५, उपाध्यक्षमा डा. अनिलबिक्रम कार्कीले ३ हजार ९४५, महासचिवमा डा. बद्री रिजालले २ हजार ४३१, कोषाध्यक्षमा डा.प्रकाश बुढाथोकीले ३ हजार २७८, सहसचिवमा डा. निरजकुमार सिंहले ३ हजार ७९० र सहकोषाध्यक्षमा डा. विश्वलराज दवाडीले ३ हजार ९३५ मत पाएर बिजयी भएका छन् ।

अध्यक्षमा निर्वाचित भएसँगै डा.कार्कीले चिकित्सकको हकहितसँगै संविधान प्रदत्त नागरिकको स्वास्थ्य अधिकारको रक्षा र कार्यान्वयनका लागि व्यबसायीक संस्थाको नेतृत्वको रुपमा ठोस काम गर्ने बताएका छन् ।

अध्यक्ष
१. डा. लोचन कार्की – ४१११
२. डा. पुष्पमणि खराल १९७९

वरिष्ठ उपाध्यक्ष
डा. शिवप्रसाद श्रेष्ठ – ३५९५
डा. रक्षा श्रेष्ठ २२६२

उपाध्यक्ष
डा. अनिलविक्रम कार्की ३९४५
डा. रञ्जीतकुमार झा १९५४

महासचिव
डा. बद्री रिजाल २४३१

डा. अजयकुमार मिश्र ८६९
डा. दीपेन्द्र पाण्डे १३०१
डा. मधुर बस्नेत – १३७८

कोषाध्यक्ष
डा. प्रकाश बुढाथोकी ३२७८
डा. सञ्जीतकुमार साह २५७९

सहसचिव
डा. निरजकुमार सिंह ३७९०
डा. शैलेन्द्र झा १८९४

सहकोषाध्यक्ष
डा. विश्वाराज दवाडी ३९३५
डा. उदयनारायण सिंह १९४२

सदस्यहरु
१. डा. अमित चतुर्वेदी १५७४
२. डा. विक्रान्त ढकाल २५८६
३. डा. विपेश आचार्य २८८०
४. डा. दीपकप्रसाद कोइराला १८६८
५. डा. जगदीशचन्द्र विष्ट १२४९
६. डा. लिजन महर्जन २८७२
७. डा. नन्दकुमारी गुरुङ ३३१६
८. डा. प्रमोद जोशी २७९६
९. डा. प्रवीणकुमार गिरी ७४७
१०. डा. राकेश कुमार साह २३१३
११. डा. रितेश थापा ३७१७
१२. डा. सञ्जीव तिवारी ३००४
१३. डा. सुमान काफ्ले २२२६
१४. डा. त्रिभुवन चन्द्र झा १८१३

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस