पहाडी भू-भागमा आंशिक बदली, वर्षाको सम्भावना छैन: मौसम विभाग

काठमाडौं । जल तथा मौसम पूर्वानुमान  महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेको जनाएको छ । महाशाखाले तीन दिनको मौसमकाे पूर्वानुमान जारी गर्दै हाल देशको पश्चिमी तथा पूर्वी पहाडी भू-भागमा आंशिक बदली रहेको भएपनि वर्षा तथा हिमपातको सम्भावना नरहेको जानकारी दिएको हो ।

महाशाखाका अनुसार पहाडी क्षेत्रमा आंशिक बदली हुने भए पनि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेने  छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ २८ गते (मंगलबार)

दिउँसोः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ।

रातिः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

माघ २९ गते (बुधबार)

दिउँसोः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

रातिः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

फागुन ०१ गते (बिहिबार)

दिउँसोः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

रातिः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई रिहा …

प्रतिकृया दिनुहॊस