अस्ट्रेलियाको सिड्नीमा ३० वर्ष यताकै भारी वर्षा

काठमाडौं । अस्ट्रेलियाको सिड्नीमा भारी वर्षा भएको छ । सिड्नीमा पछिल्लो ३० वर्ष यताकै ठूलो वर्षा भएको हो ।

लगातारको वर्षाका कारण सिड्नीका विभिन्न क्षेत्रमा बाढी आएको छ । आवतजावतमा समस्या भएको छ भने हजारौँ मानिस घर छोड्न बाध्य भएका छन् । पछिल्लो चार दिनमा सिड्नीमा ३९१।६ मिलिलिटर पानी परेको राज्यको मौसम विभागले जनाएको छ ।

लगातारको वर्षा जारी रहेकाले ठूलो बाढी आउन सक्ने चेतावनी दिइएको छ । बाढीका कारण एक लाख भन्दा बढी घरमा विद्युत आपूर्ति बन्द भएको छ । तर वर्षाले पछिल्लो केही महिनादेखि गम्भीर नोक्सानी गर्ने गरी फैलिएको डढेलो भने निभाएको छ ।

अस्ट्रेलियाको न्यू साउथ वेल्समा भीषण आगलागी भएको थियो । अहिले पनि न्यू साउथ वेल्सका ३१ स्थानमा डढेलो कायम छ, तर ती जोखिमपूर्ण भने नरहेको जनाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सोल्टी होटल र इसेवाबीच सहकार्य

काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र पाँचतारे होटेल सोल्टी होटेल्स तथा रिसोर्टसबीच व्यावसायिक …

प्रतिकृया दिनुहॊस