कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै, के विषयमा हुँदैछ छलफल ?

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सोमबार बस्दैछ । बैठक दिउँसो एक बजेपछि केन्द्रीय कार्यालय सानेपामा सुरु हुने नेपाली कांग्रेसले जनाएको छ ।

बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेता विजयकुमार गच्छदारसहितलाई मुद्दा चलाएपछि कांग्रेसले संसदमा त्यसको विरोध गरिरहेको छ ।

यस्तै कांग्रेसका भातृसंगठनहरुले सडकमा अख्तियारले सत्तारुढ नेकपाका नेतालाई चोख्याउने गरी पक्षपाती रुपमा मुद्दा चलाएको भन्दै विरोध प्रदर्शन गरिरहेका छन् ।

यो परिवेशमा बस्न लागेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अर्थपूर्ण हुने जनाइएको छ । बैठकमा यहि विषयमा प्रमुखताका साथ छलफल हुने सम्भावना रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस