एभरेष्ट र प्राईम लाईफ इन्स्योरेन्सले सुरु गरे संयुक्त घुम्ति बीमा सेवा

काठमाडौँ । एभरेष्ट इन्स्योरेन्स कम्पनी र प्राईम लाईफ इन्स्योरेन्स कम्पनीले संयुक्त रुपमा घुम्ति बीमा सेवा शुभारम्भ गरेका छन् ।

ग्राहकलाई घरदैलो बाटै बीमा सेवा प्रदान गर्ने उदेश्यले घुम्ती बीमा सेवा संचालन गरिएको कम्पनीले जनाएको छ ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले ग्राहकको चाहना बमोजिम भविष्यको लागि वचत तथा जीवन सुरक्षाका विभिन्न जीवन बीमा योजना प्रस्तुत गरिएको जानकारी दिए ।

कार्यक्रममा एभरेष्ट इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले कम्पनीले उत्कृष्ट बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

समारोहमा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले जनतामा सर्वसुलभ रुपमा उपलव्ध गराउनको लागि बीमा कम्पनीमार्फत घुम्ती बीमा सेवाको अवधारण अगाडि बढाइएको जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आईएमई लाईफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा चौलागाई नियुक्त

काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् …

प्रतिकृया दिनुहॊस