मेगा बैंकले ल्यायो ‘घर तथा गाडी कर्जा योजना’

काठमाडौं । मेगा बैंक नेपालले आवास तथा सवारी साधनका लागि कर्जा योजना ल्याएको छ । ‘आफ्नो घर, आफ्नै गाडी, मेगा बैंकका साथमा बढाउनुस् पाइला अगाडि’ भन्ने नाराका साथ बैंकले ‘मेगा आवास तथा सवारी साधन कर्जा योजना’ ल्याएको हो । योजना अनुसार पहिलो घर खरीद गर्ने ग्राहकलाई मूल्यांकनको ७० प्रतिशतसम्मको फाइनान्सिङको व्यवस्था बैंकले गर्नेछ ।

यस्तै, आवास निर्माणका लागि अधिकतम १०० प्रतिशतसम्म फाइनान्सिङ सुविधाको व्यवस्था गरिने बैंकको भनाइ छ । भुक्तानी अवधि ३५ वर्षसम्म रहने यस कर्जा योजनामा ३ वर्षसम्म निश्चित ब्याजदरको व्यवस्था गरिएको छ । बैंकका अनुसार, सवारी साधन कर्जाको अवधि अधिकतम १० वर्षसम्म हुनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल मनि विकको सन्दर्भमा विद्यार्थीसंग कृषि विकास बैंक

काठमाडौं । ग्लोबल मनि विकको अवसर पारेर कृषि विकास बैंकले सुनसरी जिल्लाको हरिनगरामा विद्यार्थी संग …

प्रतिकृया दिनुहॊस