कोरोना भाइरसबारे सबैभन्दा पहिला जानकारी दिने डाक्टरको मृत्यु

काठमाडौं । चीनलगायत विश्वभर आतंकित बनाइरहेको रहस्यमयी कोरोना भाइरसबारे संसारलाई सबैभन्दा पहिला जानकारी दिने चिनियाँ चिकित्सकको बिहीबार मृत्यु भएको छ ।

चिनियाँ चिकित्ुक ली वेनलियान्गको बिहीबार चीनमा मृत्यु भएको चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले जनाएको छ । ग्लोबल टाइम्सका अनुसार चिकित्सक ली वेनलियान्गको मृत्यु कोरोना भाइरसको संक्रमणका कारण भएको हो ।

जब चीनको वुहान शहरमा कोरोना भाइरसबारे सूचना लुकाउने प्रयास गरिएको थियो, त्योबेला चिकित्सक ली वेनलियान्गले अस्पतालबाट भिडियो पोस्ट गरेर कोरोना भाइरसबारे मानिसहरुलाई चेतावनी दिएका थिए । यसपछि चीनको स्थानीय स्वास्थ्य विभागले ३४ वर्षीय डाक्टर ली वेनलियान्गसँग सोधपुछ गरेको थियो ।

यतिमात्र होइन वुहान प्रहरीले डाक्टर ली वेनलियान्गलाई नोटिस पनि दिएको थियो र सामाजिक सञ्जालमाफर्त अफवाह फैलाएको आरोप लगाएको थियो । कोरोना भाइरसबाट संक्रमित भएपछि डाक्टर ली वेनलियान्ग १२ जनवरीमा अस्पतालमा भर्ना भएका थि ए। उनी एक संक्रमितको सम्पर्कमा आएपछि कोरोनाको चपेटामा परेका थिए ।

डाक्टर ली वेनलियान्गले गएको ३० डिसेम्बरमा एक च्याट ग्रुपमा साथी डाक्टरहरुलाई सन्देश पठाएर यो भाइरसबारे जानकारी दिएका थिए । डाक्टर ली वेनलियान्गले आफ्ना साथी डाक्टरहरुलाई यो भाइरसबाट बच्न विशेष कपडा लगाउन चेतावनी दिएका थिए ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चिनियाँ डाक्टर ली वेनलियान्गको मृत्युमा दुःख व्यक्त गरेको छ । संगठनले एक ट्वीट गर्दै उनको निधनमा निकै दुखी भएको बताएको छ ।

यॊ पनि हेर्नुहॊस

चितवनमा १० महिना भित्र १८ गैडा मरे, घाँसे मैदान व्यवस्थापन गरिँदै

चितवन । प्राकृतिक कारणले दुर्लभ एकसिङ्गे गैँडा मर्नेक्रम बढेपछि चितवन राष्ट्रिय निकुञ्जले घाँसे मैदान व्यवस्थापनमा …

प्रतिकृया दिनुहॊस

This will close automatically after: