काठमाडौं । आज माघ २४ गते शुक्रबार अमेरिकी डलरसहित सबै देशको विनिमयदर घटेको छ । साताको सोमबार थोरै बढेको विनिमयदर त्यसपछि भने लगातार ओरालो लागेको हो ।
आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ६१ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ २१ पैसा रहेको छ । यूरोपियन यूरो एकको खरिददर १ सय २४ रुपैयाँ ९६ पैसा तथा बिक्रिदर १ सय २५ रुपैयाँ ६२ पैसा रहेको छ ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४७ रुपैयाँ २९ पैसा र बिक्रिदर १ सय ४८पैयाँ ७ पैसा रहेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४४ पैसा रहेको छ ।
त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २० पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३७ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९३ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ १० पैसा रहेको छ । मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ५६ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ७१ पैसा रहेको छ ।
कुवेती दिनार एकको खरिददर ३ सय ७३ रुपैयाँ ३६ पैसा तथा बिक्रिदर ३ सय ७५ रुपैयाँ ३३ पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर ३ सय १ रुपैयाँ ३६ पैसा तथा बिक्रिदर ३ सय २ रुपैयाँ ९५ पैसा रहेको छ ।
यस्तो छ सबै देशको विनिमयदर तालिका
प्रतिकृया दिनुहॊस