ब्रोइलर कुखुराको मासु केजीको चार सय ४० पुग्यो, मासुको अभाव

लमजुङ । कुखुरामा आत्मनिर्भर भनिएको लमजुङमा ब्रोइलर कुखुराको मासु अभाव हुन थालेको छ । चल्ला बिक्री नभएको भन्दै ह्याचरी व्यवसायीले एक महिना अघि चल्ला नष्ट गरेपछि जिल्लामा हाल मासु खान योग्य कुखुरा अभाव भएको हो ।

ब्रोइलर कुखुरा अभाव हुन थालेपछि सदरमुकाम बेंसीसहर बाहिरका मासु पसलहरु बन्द हुन थालेका छन् । कतिपय पसलहरुले गिरीराज र अण्डा पार्ने लेयर्स कुखुरा काटेर मासु बिक्री गर्न थालेका छन् । ग्रामिण भेगमा ब्रोईलर कुखुरा नपाएपछि उपभोक्ताहरु सदरमुकाम आएर मासु लाने गरेका छन् । बोइलर कुखुरा अभाव भएसँगै मासुको मुल्यपनि आकासिएको छ ।

सदरमुकाम बेसीशहरमा प्रतिकेजी चारसय ४० रुपैयाँसम्म पु¥याइएको छ । चिसोमा कुखुरा उत्पादन कम हुने र ह्याचरी व्यवसायीले पुसमा १० दिनसम्म चल्ला उत्पादन नगरेका कारण अहिले मासुको अभाव भएको भेटनरी अस्पताल एवं पशु विज्ञ सेवा केन्द्रले जनाएको छ । सदरमुकाम बेंसीसहरमा मात्र दैनिक तीन हजार केजी बोइलर कुखुराको मासु आवश्यक पर्छ । तर कुखुरा अभाव हुँदा बजारमा मासु अभाव भएको छ ।

चिसो मौसममा कुखुरा उत्पादन कम हुने भएकाले यतिबेला बजारमा मासु अभाव हुन थालेको व्यवसायीहरु बताउँछन् । खसीबोकाको तुलनामा बोइलरले उचित मुल्य पाउन नसकेको भन्दै कतिपय किसानहरु यो ब्यवसायबाट अलग हुन थालेका छन् । दाना चल्लाको मुल्य बढीरहने तर, कुखुराको मुल्य नबढेका कारण उत्पादनमा कमी आउन थालेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । …

प्रतिकृया दिनुहॊस