साथ विश्व क्यान्सर दिवस मनाइँदै

काठमाण्डाै । मङ्गलबार विभिन्न चेतनामूलक कार्यक्रम गरी विश्व क्यान्सर दिवस मनाइँदै छ । ‘म हुँ र म गर्न सक्छु’ भन्ने मूल नाराका साथ विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।

समयमै क्यान्सर रोगको उपचार भएमा बिरामी पूर्णरुपमा निको हुने भएकाले यसबारे सर्वसाधारणमा जनचेतना बढाउन हरेक वर्षको फेब्रुअरी ४ मा यो दिवस मनाइँदै आएको छ । विश्वको तथ्याङ्क हेर्दा एक वर्षमा झण्डै दुई करोड मानिसलाई क्यान्सर रोग लाग्ने गरेको छ ।

नेपालमा बर्सेनि महिलामा दुई हजार तीन सय ३२ जनामा क्यान्सर लाग्ने गरेको प्रतिवेदनमा उल्लेख गरिएकाे छ । तीमध्ये एक हजार तीन सय ६७ जनाकाे ज्यान जाने गरेकाे छ ।

नेपालमा झण्डै ६० हजार क्यान्सरका बिरामी रहेको अनुमान छ ।  ८० दशमलव ९ प्रतिशत क्यान्सरका बिरामी भने अन्तिम अवस्थामा मात्रै उपचारका लागि अस्पताल जाने गरेका छन् । नेपालमा फोक्सो, आन्द्रा, पेट, स्तन, पाठेघरको मुख र डिम्बासयको क्यान्सरका बिरामी धेरै छन् । प्रारम्भिक चरणमा नै उपचार गरे क्यान्सर निको हुन्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई रिहा …

प्रतिकृया दिनुहॊस