वैदेशिक रोजगारमा जाने र फर्किने दुवैको आधिकारिक तथ्याङ्क राख्न सुरु

काठमाडौँ । सरकारले वैदेशिक रोजगारमा जाने र फर्किने दुवैको आधिकारिक तथ्याङ्क राख्न सुरु गरेकाे छ । अध्यागमन विभागको सूचना व्यवस्थापन प्रणालीसँगको सहकार्यमा गएको सोमबारदेखि विदेशबाट फर्कने नेपालीको पनि तथ्याङ्क राख्न सुरु गिरएकाे हाे । अहिलेसम्म विदेश जानेको आधिकारिक तथ्याङ्क भनेको वैदेशिक रोजगार विभागबाट श्रमस्वीकृति लिएकालाई मात्रै आधार मान्ने चलन थियो ।

अब भने श्रमस्वीकृति लिएका सबै गए वा नगएको र विदेशबाट फर्किनेको तथ्याङ्क पनि पाइने भएको छ । वैदेशिक रोजगार विभागका अनुसार विभागबाट दैनिक औसतमा एक हजारभन्दा बढी युवा वैदेशिक रोजगारका लागि अन्तिम श्रमस्वीकृति लिने गरेका छन् । अब अध्यागमन विभागले पनि छुट्टै तथ्याङ्क राख्ने हुँदा रोजगारीमा जान अन्तिम श्रमस्वीकृति लिने, कति वैदेशिक रोजगारीमा गए र कति फर्किए भन्ने यकिन तथ्याङ्क आउने विभागका महानिर्देशक भीष्मकुमार भुसालले जानकारी दिए ।

अन्तिम श्रमस्वीकृति लिएका सबै विदेश गएको भन्ने हामीसँग तथ्याङ्क छ, उनले भने, अब साँच्चै कति वैदेशिक रोजगारीका लागि गए, कति पर्यटक भिसामा गए, कति बिजनेस भिसामा गए, कति दिनमा फर्किए भन्ने तथ्याङ्क पाइन्छ ।

अध्यागमन विभागले वैदेशिक रोजगारमा जाने र फर्किनेको तथ्याङ्क राख्न थालेसँगै सरकारसँग कुन देशमा कति नेपाली नागरिक वैधानिक वा अवैधानिक भएर बसेका छन् त्यो पनि हेर्न सकिने महानिर्देशक भुसालले जानकारी दिए ।  अहिले अन्तिम श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीका लागि गएका कति फर्किए र कति अवैधानिक रूपमा बसेका छन् त्यो जानकारी सरकारसँग छैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सडक बालबालिका मुक्त घोषणा गर्नेगरी काम गर्न परिषद्लाई मन्त्री चौधरीको निर्देशन

ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सडक बालबालिका मुक्त घोषणा गर्नेगरी …

प्रतिकृया दिनुहॊस