प्रुडेन्सियल इन्स्योरेन्सको माघ २७ गते बुक क्लोज, यस्तो छ कारण

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको आगामी माघ २७ गते बुक क्लोज हुने भएको छ । कम्पनीले हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि उक्त एक दिन बुक क्लोज गर्न लागेको हो ।

कम्पनीले चुक्ता पुँजीको ६० प्रतिशत अर्थात १० बराबर ६ को अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो । उक्त हकप्रद सेयर जारी गर्ने प्रस्तावलाई गत असार १० गते सम्पन्न कम्पनीको विशेष साधारणसभाले पारित गरेको थियो ।

बुक क्लोजको मिति घोषणा गरेकै दिन कम्पनीको सेयर मूल्य ९ रुपैयाँले बढिसकेको छ । बजार खुल्दा प्रतिकित्ता ६७६ रुपैयाँ रहेको कम्पनीको सेयर मूल्य करिब दुई बज्दा १.३३ प्रतिशतले बढेर प्रतिकित्ता ६८५ रुपैयाँ पुगेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ६४ करोड १५ लाख रुपैयाँ रहेको छ । ६० प्रतिशत हकप्रद पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ नाघ्ने छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रथम वार्षिकोत्सव सम्पन्न

काठमाडौँ । साबिकका सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स गाभिएर बनेको सानिमा रिलायन्स लाइफ …

प्रतिकृया दिनुहॊस