कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या ३ सय ६१ पुग्यो, आइतबार एकै दिन ५६ जनाको मृत्यु

काठमाडाैं । चीनमा नोभेल कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या ३ सय ६१ पुगेको छ । आइतबार एकै दिन ५६ जनाको मृत्यु भएको चीनको हुबेई प्रान्तस्थित स्वास्थ्य प्राधिकरणको रिपोर्टमा उल्लेख छ ।

प्राधिकरणको रिपोर्टले थप २ हजार १ सय ३ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको पुष्टि गरेको छ । यससँगै उक्त भाइरसबाट सङ्क्रमितको सङ्ख्या १६ हजार ६ सय पुगेको छ ।

प्राधिकरणका अनुसार ९ हजार ६ सय १८ जना बिरामीलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ, जसमध्ये ४ सय ७८ जनाको अवस्था गम्भीर रहेको छ ।

चीनको हुबेई प्रान्तको उहानबाट फैलिएको उक्त भाइरस अहिले विश्वका दुई दर्जन बढी मुलुकमा पुगिसकेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस