नेपालमा कर घटाउनैपर्ने दबाब

काठमाडाैँ । भारत सरकारले बजेटमार्फत् करका दरमा भारी छुट दिएसँगै नेपाललाई पनि कर घटाउन दबाब परेको छ ।

भारतीय अर्थमन्त्री निर्मला सीतारमणले शनिबार बिहान ३ खर्ब ७९ अर्ब ७७ करोड अमेरिकी डलर (२६९ खर्ब ८५ अर्ब भारु) को बजेट प्रस्तुत गर्दै आयकरको सीमामा ५ लाखसम्म आम्दानी गर्नेले कुनै पनि कर नपर्ने व्यवस्था मिलाएकी छिन् । त्यतिमात्रै होइन साढे सात लाखसम्म आम्दानी गर्नेलाई अब १० प्रतिशत मात्रै आयकर तिरे हुने भएको छ ।

यसअघि यो व्यवस्था २० प्रतिशतमात्रा थियो । यस्तै, १० लाख आम्दानी गर्नेले अब १५ प्रतिशत र १० देखि साढे १२ लाखको सिमामा २० प्रतिशत मात्रै कर तिरे पुग्ने भएको छ । यसअघि यस्तो व्यवस्था २० प्रतिशत रहेको थियो ।

भारतले करका दरमा व्यापक हेरफेर गर्दा त्यसले नेपाली लगानी भारतमा विस्तर हुनसक्ने अवस्था देखिएको विश्लेषकहरु बताउँछन् । नेपालमा नीतिगत अस्थिरता लगानीमौत्री वातावरणको अभाव लगानीको सुरक्षा गर्न सकिरहेको छैन जसले लगानीकर्ता ‘पर्ख र हेर को अवस्थामा छन् । यो खबर आजको कारोबार दैनिकमा निरु अर्यालले लेखेकी छिन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुजल डेरीले ल्यायो ‘सफल ह्याप्पी काउ मिल्क’

काठमाडौँ । सुजल डेरीको सफल ह्याप्पी काउ मिल्क अब काठमाडौँ बजारमा उपलब्ध भएको छ । …

प्रतिकृया दिनुहॊस