यौन शोषण आरोपमा एसएसपी शौरभ राणा निलम्बित

काठमाडौं । यौन शोषण काण्डमा नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शौरभ राणा निलम्बनमा परेका छन् । प्रहरी प्रधान कार्यालयको सिफारिसमा राणालाई गृह मन्त्रालयले निलम्बन गरेको हो ।

राणा निलम्बन भएसँगै उनीविरूद्ध ती महिलाले सुनसरी प्रहरीमा जाहेरी दिएकी छिन् । अब अदालतसँग अनुमति लिएर उनीविरुद्द पक्राउ पूर्जी जारी हुनेछ । यौन शोषणको आरोप लागेका संघीय प्रहरी इकाई कार्यालय एक नम्बर प्रदेश धरानमा कार्यरत एसएसपी राणामाथि धरानकी एक उच्च घरानाकी महिलाले यौनशोषण गरेको आरोप लगाएकी थिइन् ।

मंसिर १७ गते गृहमन्त्रालयले राणामाथि छानबिन गर्न प्रधान कार्यालयलाई पत्र लेखेको थियो । राणा नेपाल प्रहरीको ९८ औं टोलीका एसएसपी हुन् । २०४९ सालमा प्रहरी निरीक्षक पदबाट जागिर सुरू गरेका उनका अधिकांश ब्याची अहिले प्रहरी नायब महानिरीक्षक(डिआइजी)मा बढुवा भइसकेका छन् ।

राणाले आफूलाई लामो समयदेखि यौन शोषण गरेको आरोप लगाउँदै ती महिला गृह मन्त्रालय पुगेकी थिइन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रास्वपाबाट इलाम-२ मा मिलन लिम्बु उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी रास्वपाले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ …

प्रतिकृया दिनुहॊस