कोरोना भाइरसविरुद्धको खोप प्रयोगयोग्य हुन अझै तीन महिना लाग्ने

काठमाडाैं । विश्वका विभिन्न देशमा फैलिदै गएको कोरोना भाइरस विरुद्धको खोप प्रयोग योग्य हुन अझै तीन महिना लाग्ने चिनियाँ अधिकारीले बताएका छन् । ‘हामीले अहिले कोरोना भाइरसका पाँच स्वरूपलाई छुट्याउन सफल भएका छौँ जसमध्ये दुई यसको खोप निर्माणका लागि उपयोगी देखिएका छन् ।’

कम्तीमा तीन महिनामा खोपलाई परीक्षणमा ल्याउन सकिने आशा गर्न सकिने खोपका लागि अनुसन्धानमा संलग्न रहेका चिनियाँ विषेशज्ञ लि लाङजुनले जानकारी दिए । चिनियाँ समाचार संस्था सिन्ह्वासँगको अन्तवार्ताका क्रममा उनले खोपको विकासका लागि गर्नु पर्ने विभिन्न प्रक्रियागत कामहरु भइरहेको बताए ।

चिनियाँ स्वास्थ्य अधिकारीहरुले बिहीबारसम्ममा सात हजार ७११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाएका छन् । उनीहरुका अनुसार अहिलेसम्म १७० जनाको यही सङ्क्रमणका कारण मृत्यु भएको छ ।

यॊ पनि हेर्नुहॊस

चितवनमा १० महिना भित्र १८ गैडा मरे, घाँसे मैदान व्यवस्थापन गरिँदै

चितवन । प्राकृतिक कारणले दुर्लभ एकसिङ्गे गैँडा मर्नेक्रम बढेपछि चितवन राष्ट्रिय निकुञ्जले घाँसे मैदान व्यवस्थापनमा …

प्रतिकृया दिनुहॊस

This will close automatically after: