कोरोना भाइरस संक्रमण : डब्लुएचओद्वारा स्वास्थ्य आपतकाल घोषणा

काठमाडाैं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाभाइरसको महामारीलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । मात्र एक हप्ताको अन्तरमा कोरोनाभाइरसबाट संक्रमितको सङ्ख्या १० गुणा वृद्धि भएपछि डब्लुएचओले यो घोषणा गरेको हो ।

चीनबाट सुरु भएको कोरोनाको सङ्क्रमण विश्वका १८ देशमा फैलिएपछि डब्लयूएचओको आपतकालीन बैठकले विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको हो । यस भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या २ सय १३ पुगेको छ भने शुक्रबार बिहानसम्ममा चिनियाँ स्वास्थ्य आयोगले यस रोगबाट संक्रमित हुनेको सङ्ख्या ९ हजार ६ सय ९२ पुगिसकेको बताएको छ । थप १ लाख २ हजार मानिसहरुमा यस रोगको परीक्षण भइरहेको छ ।

चीनको वुहान शहरबाट बाहिर गएकाहरुमा यसको लक्षण देखिएको छ । जर्मनी, जापान, भियतनाम र अमेरिकामा यो भाइरस मान्छेबाट मान्छेमा सरेको पुष्टी भएको छ । कमजोर स्वास्थ्य प्रणाली भएका देशमा फैलिएमा यो भाइरसले जटिल अवस्था ल्याउनेतर्फ पनि डब्ल्यूएचओले चिन्ता व्यक्त गरेको छ ।

डब्लुएचओले यसअघि पाँच पटक यस्तो आपतकालको घोषणा गरेको थियो । सन् २००९ मा स्वाइन फ्लु, सन् २०१४ मा पोलियो, सन् २०१६ मा जिका र सन् २०१४ र १९ मा इबोला भाइरसको महामारी फैलिँदा यस्तो घोषणा गरिएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई रिहा …

प्रतिकृया दिनुहॊस