सुनको मूल्य फेरि बढ्याे, तोलाकाे ७६ हजार ३ सय

काठमाडाैँ । सुन एक दिनमै तोलामा ७ सय रुपैयाँले बढेको छ। बुधबार प्रतितोला ७५ हजार ६ सयमा कारोबार भएको सुन आज ७६ हजार ३ सय रुपैयाँ पुगेको छ।

निरन्तर उकालो लाग्दै गएको सुनको भाउ केही ओरालो लागेर पुन उकालो लाग्न सुरु गरेको छ। प्रतितोला ७६ हजार ५ सय रुपैयाँसम्म पुगेको सुनको मूल्य घटेर ७४ हजार ८ सयमा आइपुगेको थियो। पुनः बढेर ७६ हजार ३ पुगेको छ।

अमेरिका र इरानको तनावले बढेको सुनको भाउ तनाव मत्थर भएसँगै ओरालो लागेको थियो। तर, अहिले पुन उकालो लाग्न पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघको भनाइ छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

डिशहोमको जतिको रिचार्ज उति नै बोनस अफर

काठमाडौं । डिशहोम डीटीएचका ग्राहकहरुले अब रिचार्ज गरेको रकमबराबर नै बोनस प्राप्त गर्ने भएका छन्। …

प्रतिकृया दिनुहॊस