अभियन्ताझैं बनेर कोरोना भाइरसबारे जनचेतना जगाउनुस् : प्रधानमन्त्री

काठमाडाैं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबारे जनचेतना फैलाउन पार्टीका नेतालाई निर्देशन दिएका छन् ।

राजधानीको राष्ट्रियसभा गृहमा जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीका सम्पूर्ण कमिटीमा आवद्ध नेता तथा कार्यकर्तालाई सामाजिक अभियन्ताझैं बनेर कोरोना भाइरसका बारे जनचेतना फैलाउन निर्देशन दिएका हुन् ।

‘हामीकहाँ एक जना बिरामीमा मात्रै त्यो लक्षण देखिएको छ । तर, बिमारीको रूपमा देखिएको होइन, ‘ब्लड टेस्ट’ नतिजाको रूपमा मात्र हो । यो रुघाखोकीजस्तै हो,’ प्रधानमन्त्रीले भने, ‘यो संक्रमणबारे आफूले सावधानी अपनाउनुका साथै अरुलाई पनि सावधानी अपनाउन सामाजिक अभियन्ताको भूमिका निभाउनु जरुरी छ ।’

ओलीले पार्टीबाट नेतृत्व गरेका जनप्रतिनिधिमार्फत् कोरोना भाइरससम्बन्धी जनचेतना अभियानलाई तीव्र पार्न आग्रह गरे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु

काठमाडौँ । जाजरकोट, जुनिचाँदे गाउँपालिका–६ रामेलास्थित सडकमा भे.२ त ५२७ नम्बरको ट्याक्टर सोमबार दिउँसो दुर्घटना …

प्रतिकृया दिनुहॊस