राष्ट्रिय बीमा संस्थानको १३औं शाखाको उद्धघाटन

काठमाडाैं । राष्ट्रिय बीमा संस्थानको १३औं शाखाको उद्धघाटन भएको छ । विरेन्द्रनगरमा संस्थानका शाखा प्रमुखको सभाध्यक्ष र कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाको प्रमुख आतिथ्यमा उद्धघाटन भएको हो ।

संस्थानको सुर्खेत कार्यालयको उद्घाटन गर्दै मन्त्री ज्वालाले बीमा क्षेत्रका समस्या सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको जानकारी दिएका छन् । नीतिगत, कानूनी र व्यावहारिक समस्या सुल्झाउन सहयोग गरिने उनकाे भनाइ छ ।

संस्थानका अध्यक्ष गङ्गाराम कँडेलले शाखा विस्तारलाई तीव्रता दिँदै हरेक नागरिकको पहुँचमा बीमा क्षेत्रलाई पुर्याउने बताए । सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष धनबहादुर रावतले बीमा गर्दा सहज तर भुक्तानी लिँदा असहज हुने प्रक्रिया अन्त्य गर्न संस्थानलाई सुझाव दिए ।

संस्थानका प्रशासक कविप्रसाद पाठकले मुलुकका २० प्रतिशत जनता बीमाको पहुँचमा रहेको तथा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा यस क्षेत्रको तीन प्रतिशत योगदान रहेको जानकारी दिए । उक्त कार्यक्रममा विभिन्न क्षेत्रका सार्वजनिक निकायका प्रमुख र बैंक तथा वित्तिय क्षेत्रलागायत व्यक्तिहरुको सभागितामा थियो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रथम वार्षिकोत्सव सम्पन्न

काठमाडौँ । साबिकका सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स गाभिएर बनेको सानिमा रिलायन्स लाइफ …

प्रतिकृया दिनुहॊस