नेपालमा भेटियो दुर्लभ दुई टाउके सर्प

काठमाडाैं । विश्वमै दुर्लभ मानिने दुई टाउको भएको सर्प नेपालमा फेला परेको छ । सर्प विज्ञ एवम् अनुसन्धाता कमल देवकोटा र उनको समूहले अध्ययन अनुसन्धान गरेको विश्वकै दुर्लभ दुई टाउके सर्प ‘रेप्टाइल एण्ड एम्फिवियन कन्जर्भेसन जर्नल’ (सरीसृप र उभयचर संरक्षण) मा प्रकाशित छ ।

अमेरिकाबाट प्रकाशित हुने सो जर्नलको जनवरी २०२० को अंकमा देवकोटाको अनुसन्धानमूलक लेख समेटिएको हो । नवलपुरका जुद्धवीर श्रीष मगरले आफ्नो घरमा देखेको अनौठो करेत सर्प कालीगण्डकी अस्पताल लगेका थिए । अस्पतालका प्रमुख एवं सर्पदंश विज्ञ डा. छविलाल थापाले अनौठो सर्प देखेपछि संरक्षण गरेर राखे र पछि सर्प अनुसन्धानकर्ता कमल देवकोटा र उनको समूहले सर्पको विस्तृत अध्ययन अनसुन्धान गरी लेख तयार गरेको देवकोटाले बताए ।

देवकाटा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ अन्तर्गत सर्प विशेषज्ञ समूह (बिपिएसजी) का नेपालका सदस्य हुन् । नेपाल टक्सिनोलोजी संघका उपाध्यक्ष समेत रहेका देवकोटा र उनको समूहले अविषालु जातको दुई टाउको भएको ओलिगोडन अर्नेंसिस (ब्यान्डड कुक्ररी) सर्प नवलपुरको दलदलेमा फेला पारेको छ ।

उक्त सर्पको सामान्य अध्ययन गरी चितवन राष्ट्रिय निकुञ्जमा निकुञ्जका कर्मचारीको रोहवरमा छाडिएको देवकोटाले बताए । दुवै सर्पको डिजिटल भौचर फोटो सिंगापुरको नेसनल युनिभर्सिटीस्थित लि कोग चेन प्रकृति विज्ञान संग्रहालयमा राखिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई रिहा …

प्रतिकृया दिनुहॊस