‘म्यान भर्सेस वाइल्ड’ को छायाँकनमा घाइते भए रजनीकान्त

काठमाडाैं । भारतका सुपरस्टार रजनीकान्त ‘म्यान भर्सेस वाइल्ड’ को छायाँकनका क्रममा घाइते भएका छन् । डिस्कभरी च्यानलको लोकप्रिय कार्यक्रमको लागि छायाँकन गर्दै गर्दा उनलाई सामान्य चोट लागेको हो ।

कर्नाटकको बांदीपुर जंगलमा छायाँकनको क्रममा रजनीकान्तलाई सामान्य चोट लागेको हो । उनको खुट्टाको गोलिगाठो मर्किएको र काँधमा सामान्य चोट लागेको हो । चोट लागेपछि रजनीकान्तको छायाँकन आजलाई रोकिएको छ ।

बांदीपुरको जंगलमा तीन दिनको छायाँकन समय तय गरिएको थियो।भारतका प्रशिद्ध व्यक्तिहरु यो कार्यक्रममा सहभागी भइरहेका छन् । यो भन्दा अगाडि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी भएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस