ल्याटिन अमेरिकामा शक्तिशाली भूकप्पपछि सुनामीको चेतावनी

काठमाडौं । ल्याटिन अमेरिकी मूलुकहरुमा भूकम्पको झट्का महशुस भएको छ । जमैकाको समुद्री तट र पूर्वी क्युबाको सीमामा रहेको क्यारेबियन सागरमा मङ्गलबार साँझ ७ दशमलव ७ म्याग्निच्युडको भूकम्प जाँदा त्यसको झड्का ल्याटिन अमेरिकी मूलुकहरुमा महशुस गरिएको हो ।

अमेरिकाको भूवैज्ञानिक सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्पका कारण मेक्सिकोदेखि फ्लोरिडा तथा मोन्टेगो खाडी, जमैकाको १४० किलोमिटर उत्तर–पूर्वी क्षेत्र, निक्वैरो, क्युबाको १४० किलोमिटर पश्चिम–दक्षिणसम्म महसुस गरिएको थियो । भूकम्पपछिको क्षति विवरण प्राप्त हुन सकेको छैन ।

भूकम्पपछि अमेरिकी वैज्ञानिकहरुले समुद्री तटीय क्षेत्रमा सुनामी आउन सक्ने चेतावनी दिएका छन । प्रशान्त सुनामी चेतावनी केन्द्रले जमैकाको तटीय इलाकामा सुनामी आउन सक्ने चेतावनी दिएको हो । सुनामीको असर जमैका, बेलिज, क्युबा, होन्डुरस, मेक्सिको र केमैन द्वीपमा समेत पर्न सक्ने पूर्बानुमान गरिएको बीबीसीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई रिहा …

प्रतिकृया दिनुहॊस