कोरोना संक्रमण त्रास : रसुवागढी नाका १५ दिनसम्म बन्द

काठमाडाैं । उत्तरी रसुवाको रसुवागढी नाकामा बुधबारदेखि १५ दिनसम्म आवत–जावत बन्द हुने भएको छ । गाडी र मानिस जान रोक लगाइएको सशस्त्र प्रहरी सीमा सुरक्षा २१ नम्बर गुल्मका गुल्मपति लक्ष्मण थापाले बताए ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, अध्यागमन कार्यालय र चिनियाँ प्रहरीबीच मंगलबार बिहान रसुवागढीमा बसेको बैठकले उक्त निर्णय गरेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।

दुवै देशका अधिकारीबीच बसेको बैठकले कोरोना भाइरसको संक्रमण बढेकाले, केरुङतर्फ जाने सडकमा हिउँ परेकाले, ढुंगा खसेर दुर्घटना हुन सक्ने र ल्होसार पर्व भएकाले नाका बन्द गरिएको गुल्मपति थापाले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई रिहा …

प्रतिकृया दिनुहॊस