किन विदेश पलायन भइरहेछन् हजारौं नर्स ?

काठमाडौं । नर्सिङमा स्नातक गरेपछि चितवनकी रेस्मा लोहनीले जागिरका लागि थुप्रै अस्पताल धाएर मुस्किलले पाएको स्थानमा पनि मासिक छ हजार मात्र तलब पाएपछि अध्ययन गर्दाको सम्पूर्ण ऊर्जामा पानी खनियो ।

आफन्तको सोर्स लगाएर बसुन्धरास्थित एक अस्पतालमा बल्ल बल्ल पाएको जागिरबाट आउने तलबले गाडीभाडा र खाजा समेत नपुगेपछि उनी हाल अस्ट्रेलिया पुगेकी छन् । लोहनी जस्तै नर्सिङमा स्नातक सकेपछि सत्यम शर्माले पनि निक्कै मिहिनेत गरेपछि काठमाडौँका एक नर्सिङ कलेजमा जागिर पाइन् ।

पाँच वर्षसम्म काम गर्दा बल्ल १८ हजार रुपियाँ पुगेको तलबले जीविकोपार्जन सम्भव नभएपछि उनी पनि अहिले अमेरिका पुगेकी छिन् । यी दुई उदाहरण मात्र हुन् । समाजमा निक्कै ‘आकर्षक’ देखिने नर्सिङ पेसाबाट उचित सेवा सुविधा नपाएपछि हजारौँ विदेश पलायन भएका छन् ।

नेपाली विशेष गरी नर्सहरू अस्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायत, थाइल्यान्ड, सिङ्गापुर, कुवेत, साउदी लगायतका देशमा कार्यरत छन् । नेपाल नर्सिङ सङ्घकी कोषाध्यक्ष तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान नर्सिङ क्याम्पसकी प्राध्यापक कल्पना श्रेष्ठले नेपालमा नर्सहरूलाई अवसरको खाँचो रहेको बताइन् ।

‘सुरुमा नर्स भन्ने वित्तिकै सेवा र अवसर पनि होला भनेर अध्ययन गर्ने गर्दछन्’, प्राध्यापक श्रेष्ठले भनिन्, ‘तर अध्ययन सकेपछि कुनै अवसर नपाउँदा विदेशिने नर्सहरूको संख्या अत्यधिक छ ।’

कतिपय अस्पतालले सुरुमा स्वयं सेवक भई काम गरेपछि मात्र तलब दिने त्यो पनि आठ, १० हजार रुपियाँमा काम लगाउने गरेका छन् भन्दै श्रेष्ठले भनिन्, ‘नर्सिङ सङ्घ नेपालमै रोजगार र विभेदकारी व्यवस्थाको अन्त्यका लागि लडिरहेको छ ।’ गोरखापत्र दैनिकबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रधानमन्त्रीसँगको भेटपछि स्वदेश फर्किँदै कतारका अमिर

काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज द्विपक्षीय वार्ता हुने भएको छ । दुई दिने नेपाल भ्रमणका लागि हिजो नेपाल आएका उनले आज प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्न लागेका हुन् ।

प्रतिकृया दिनुहॊस