फाइल फाेटाे

बुधबार र बिहीबार अधिकांश स्थानमा वर्षा र हिमपातकाे सम्भावना

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली सशक्त बनेका कारण आज र भोलि देशैभरका अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको मौसमविदहरुले बताएका छन् ।

आज पूर्वदेखि पश्चिमसम्मै वर्षाको सम्भावना छ भने उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ । ‘विशेष गरी देशको पश्चिमी क्षेत्रमा वर्षा र हिमपात बढी हुने देखिन्छ,’
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीले भनिन्, ‘मध्य र पूर्वका पनि केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ ।’

आज पश्चिमी भेगका अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ भने पश्चिमी क्षेत्रकै उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि भारीसम्म हिमपात हुने सम्भावना छ । यस्तै मध्य क्षेत्रका धेरै स्थान र पूर्वका केही स्थानमा हल्कादेखि मध्यमसम्म तथा यिनै क्षेत्रका उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यसम्म हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले बुधबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ, ‘सर्वसाधारणमा चिसोबाट बच्ने उपाय अपनाउन हुन र यात्रा गर्दा सामान्य सतर्कता अपनाउन हुन अनुरोध छ ।’

यस्तो रहने छ आगामी तीन दिन

माघ १५ गते (बुधबार)
दिउँसो – देशको पश्चिम तथा मध्य भू–भागलगायत पूर्वी भेगका पहाडी क्षेत्रमा सामान्य बदली रही पूर्वी तराई भेगमा आंशिक बदली रहने छ । पश्चिमी र मध्य भू–भागका धेरै स्थानमा र पूर्वी भेगका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना छ । साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपातको सम्भावना छ ।

देशभर सामान्य बदली रहनेछ । पश्चिमी र मध्य भू–भागका अधिकांश स्थान र पूर्वी भू–भागका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा भारी हिमपातको सम्भावना छ ।

राति – देशभर सामान्यदेखि पूर्णसम्म बदली रहनेछ । पश्चिमी र मध्य भू–भागका अधिकांश स्थान र पूर्वी भू–भागका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू(भागमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा भारी हिमपातको सम्भावना छ ।

माघ १६ गते (बिहीबार)
दिउँसो – देशको उच्च पहाडी र हिमाली भेगमा सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहनेछ । पूर्वी र मध्य भू(भागका थोरै स्थान र पश्चिमी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना छ ।

राति – देशको पूर्वी भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

माघ १७ गते (शुक्रबार)
दिउँसो – देशको पहाडी भेगमा आंशिक बदली रही मध्य र पूर्वी पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ ।

राति – देशको पहाडी भेगमा आंशिक बदली रही मध्य र पूर्वी पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय संसदमा महासचिव …

प्रतिकृया दिनुहॊस