ए डिभिजन लिग फुटबल : आज मनाङ र संकटा भिड्दै

काठमाडौं । काठमाडौंमा जारी शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुँदैछ । मनाङ र संकटा गत सिजनका विजेता र उपविजेता टोली हुन् ।

यी दुई टोलीबीचको खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ । लिगमा अपराजित रहेको मनाङ संकटाविरुद्ध जित निकाल्दै उपाधि होडमा बलियो बन्ने दाउमा देखिएको छ । संकटा पनि मनाङलाई रोक्ने दाउमा रहने छ ।

लिगमा ८ खेल खेलेको संकटाको १२ अंक रहेको छ । ३ जित निकालेको संकटा आठौं स्थानमा छ । मनाङलाई पराजित गरेको खण्डमा संकटा पाँचौं स्थानमा उक्लने छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बहराइनसँग नेपाल पराजित

काठमाडौँ । नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनौटअन्तर्गत बहराइनसँग पराजित भएको छ । …

प्रतिकृया दिनुहॊस