‘ए’ डिभिजन लिग : आज आर्मी र जावलाखेल, हिमालयन शेर्पा र सरस्वती भिड्ने

काठमाडौं । उपाधि दावेदार थी्रस्टार क्लबलाई पाखा लगाउँदै मच्छिन्द्र क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । नवौं चरणको खेलमा हिजो मच्छिन्द्रले थ्रीस्टारलाई २-० ले हरायो । मच्छिन्द्रका लागि रेजिन सुब्बा र विशाल राईले एक एक गोल गरे ।

हिजै भएको अर्को खेलमा नेपाल पुलिस क्लबले एपिएफ टिमलाई १–० ले पराजित गर्‍यो । हिजोका खेलहरुपछि ए डिभिजन लिग फुटबलको अंक तालिकामा ९ खेलबाट १९ अंक जोडेको मच्छिन्द्र शिर्ष स्थानमा पुगेको छ । एक खेल कम खेलेको आर्मी क्लब १७ अंकसहित दोस्रो स्थानमा छ भने १६ अंकका साथ मनाङ मस्र्याग्दी क्लब तेस्रो स्थानमा रहेको छ ।

आर्मी क्लबले आज दिउँसो ३ बजे एन्फा कम्प्लेक्सको मैदानमा हुने खेलमा जावलाखेल युथ क्लबको सामना गर्नेछ । आजै हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र सरस्वती युथ क्लब भिड्नेछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बहराइनसँग नेपाल पराजित

काठमाडौँ । नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनौटअन्तर्गत बहराइनसँग पराजित भएको छ । …

प्रतिकृया दिनुहॊस