चीनमा कोरोना भाइरसका कारण १ सय ६ को मृत्यु, ४५ सय संक्रमित

एजेनसी । चीनमा खतरनाक कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या १ सय ६ पुगेको छ । ४५ सय संक्रमित भेटिएका छन् । पहिलो पटक संक्रमण देखिएको वुहान शहरमा मात्रै मृत्यु हुनेको सख्या ७६ पुगेको छ । राजधानी बेइजिङमा पनि पहिलो पटक संक्रमणका कारण एक जना ५० वर्षिय व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुने अधिकांश बढी उमेरका र पहिले देखिकै श्वासप्रश्वासका समस्या भएकाहरु रहेका छन् । वुहान शहरमा आवतजावतमा प्रतिबन्ध लगाइएको छ भने अरु शहरमा पनि यात्रामाथि थप कडाइ गरिएको छ । संक्रमण बढ्दै गएपछि लुनार नयाँ वर्षको विदा पनि तीन दिन लम्ब्याइएको छ । सांघाईमा माघ १० गतेसम्मका लागि सम्पूर्ण व्यवसाय बन्द गरिएको छ ।

जर्मनी, अमेरिका र अष्ट्रेलियालगायतका १६ देशमा समेत फैलिएको संक्रमणबाट ४४ जना संक्रमित भएका छन् । यो भाइरसको हालसम्म कुनै विशेष उपचार र खोप पत्ता लागेको छैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस