विद्युत् महसुल दश युनिटसम्म निःशुल्क गर्ने नेपाल विद्युत् प्राधिकरणकाे तयारी

काठमाडौं ।  नेपाल विद्युत् प्राधिकरणले हाल कार्यान्वयनमा रहेको विद्युत् महसुल दरमा परिवर्तन गर्ने प्रस्ताव मङ्गलबार विद्युत् नियमन आयोगमा पठाउँदैछ। प्राधिकरण सञ्चालक समितिको बैठकले नयाँ दर स्वीकृत गर्दै विद्युत् नियमन आयोगमा स्वीकृतिका लागि पेस गर्ने निर्णय गरेको हाे।

प्रस्तावित दर अनुसार १० युनिटसम्म निःशुल्क हुने व्यवस्था गर्न लागिएको हाे। अहिले पनि १० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकको सङ्ख्या आठ लाख रहेको बताइएको छ। प्राधिकरणले प्रस्ताव गरेको नयाँ दर ११ युनिटदेखि ३०, ३१ देखि ५०, ५१ देखि १००, १०१ देखि १५० र १५१ देखि २००, २०१ देखि ४०० र ४०० देखि माथि गरी आठ श्रेणीमा विभाजन गरिएको छ।

गाह्रस्थ उपभोक्तालाई विद्युत् खपत बढी गराउन प्रेरित गर्ने गरी नयाँ महसुल दर तय गर्न लागिको हो। प्राधिकरण सञ्चालक समितिले पारित गरेको प्रस्तावमा मासिक १० युनिटसम्म खपत गर्ने ग्राहकलाई अत्यन्तै कम दर प्रस्ताव गरिएको छ तर ११ युनिटदेखि माथिको दर बढी छ। प्राधिकरणले प्रस्ताव गरेको नयाँ दरमा ११ युनिटदेखि २०, २२ देखि ५०, ५१ देखि १५०, १५० देखि २५० र २५० देखि माथि गरी पाँच श्रेणीको दर निर्धारण गरिएको छ।

यॊ पनि हेर्नुहॊस

दरखेखोला लघु जलविद्युत् आयोजना १२ वर्षदेखि अलपत्र

मुगु । छायानाथ रारा नगरपालिका–१४ स्थित दरखेखोला लघु जलविद्युत् परियोजना १२ वर्षदेखि अलपत्र छ।  वडा …

प्रतिकृया दिनुहॊस

This will close automatically after: