नेमारको दुई गोलमा पिएसजी विजयी

काठमाडाैं । नेमारको उत्कृष्ट प्रदर्शनमा लिग वान (फ्रेन्च लिग) च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी)ले लिलेलाई २-० ले पराजित गरेको छ।

गएराति सम्पन्न खेलमा दुवै गोल नेमारले गरेका हुन्। पहिलो हाफको २८ औं मिनेटमा पहिलो गोल गरेका नेमारले ५२ औं मिनेटमा पेनाल्टीमार्फत् थप एक गोल गरेका थिए।

उक्त जितसँगै पिएसजीले लिग तालिकामा १० अङ्‌कको स्पष्ट अग्रता कायम गरेको छ। पिएसजीले २१ खेलबाट ५२ अङ्‌क जोडेको छ। दोस्रो स्थानमा रहेको ओलम्पिग मार्सेइलको ४२ अङ्‌क छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस