चर्चित बास्केटबल खेलाडी ब्रायन्टको हेलिकोप्टर दुर्घटनामा परी मृत्यु

काठमाडाैं । अमेरिकाका विश्व चर्चित बास्केटबल खेलाडी कोबे ब्रायन्टको हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएको छ । उनीसँगै छोरी गियन्नाको पनि सोही दुर्घटनामा परी मृत्यु भएको छ ।

क्यालिफोर्नियाको क्यालाबसस मा गएराति भएको दुर्घटनामा ब्रायन्ट र उनकी १३ वर्षीया छोरीसहित ९ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । पाँच पटकका एनबिए च्याम्पियन ब्रायन्ट खेलकुद इतिहासमा महान खेलाडीका रुपमा परिचित छन् ।

उनले लस एन्जल्स ल्याकर्सबाट २० वर्ष खेलेका थिए । सन् २०१६ अप्रिलमा उनले व्यावसायिक खेल जीवनबाट सन्यास लिएका थिए । उनले सन् २००८ मा ‘एनबिए मस्ट भ्यालुयबल प्लेअर’ (एमभिपी) र एनबिएको दुई फानलमासमेत एमभिपी अवार्ड जितेका थिए ।

सन् २००६ मा टोरोन्टो र्यापोटर्सविरुद्ध उनी एक्लैले ८१ स्कोर गरेका थिए, जुन एनबिएको इतिहासमा सबैभन्दा उच्च व्यक्तिगत स्कोर हो । उनले सन् २०१८ मा छोटो फिल्मतर्फ उत्कृट घोषित ‘डियर बास्केटबल’का लागि विश्व चर्चित ओस्कर अवार्डसमेत जितेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बहराइनसँग नेपाल पराजित

काठमाडौँ । नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनौटअन्तर्गत बहराइनसँग पराजित भएको छ । …

प्रतिकृया दिनुहॊस