ज्योति लाईफको खुद विमा शुल्क १३६ प्रतिशतले बढ्यो

काठमाडाैं । ज्योति लाईफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको दोश्रो त्रयमासको वित्तीय विवरण प्रकाशन गरेको छ । उक्त वित्तीय विवरणअनुसार अघिल्लो आवको सोही अवधिको तुलनामा यस आवको दोश्रोत्रयमासमा कुल बीमा शूल्कमा १३६ प्रतिशतले वृद्धी भएर ७५.१४ करोड आर्जन गरेको छ ।

जुन दिर्घकालिन तथा अल्पकालिन लगानीमा क्रमशः २७ प्रतिशत र २७९ ले वृद्धी गरेको ज्योती लाइफले बताएको छ । व्यवस्थापन खर्चमा भएको ४७ प्रतिशतको वृद्धीको बाबजुद कम्पनीले आय व्ययको सन्तुलन मिलाउँदै खुद नाफामा ७ प्रतिशतले सुधार गर्दै ६.८९ करोड नाफा गरेको छ ।

व्यवसाय तथा लगानी वृद्धी, संचालन खर्चमा सन्तुलन लगायतको कारणले कम्पनीले दोश्रोत्रयमासमा जगेडा कोषमा समेत ९५ प्रतिशतले वृद्धी गरी ३३.४६ करोड कायम भएको ज्योतीलाइफले बताएको छ । जिवन बीमा कोषमा २६७ प्रतिशतले वृद्धी भई १.२१ अर्ब रहेको देखिन्छ ।

ज्योति लाइफ इन्स्योरेन्सले आफू नयाँनयाँ योजनाका साथ अगाडि बढिरहेको बताउँदै आएको छ । उक्त इन्स्योरेन्सले ३५ वटा घातक रोगविरुद्ध ५० लाख रुपैयाँसम्मको उपचार सुविधासहितका नयाँ बीमा योजनाहरु जारी गरिरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आईएमई लाईफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा चौलागाई नियुक्त

काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् …

प्रतिकृया दिनुहॊस