‘जीवन बीमक संघ नेपाल’ स्थापना, अध्यक्षमा पाण्डे

काठमाडाैं । ‘जीवन बीमक संघ नेपाल’ नामक संस्थाको स्थापना भएको छ । यस संघको उद्देश्य जीवन बीमा व्यवसाय तथा सोको विकाससंग सम्बन्धित नीति नियमहरुको तर्जुमा गर्ने, कार्यान्वयन गर्ने कार्यमा नियामक निकाय लगायत नेपाल सरकारका अन्य निकायहरुलाई जीवन बीमासंग सम्बन्धित आवश्यक सरसल्लाह एवं सुझाव उपलब्ध गराउनु हो ।

साथै नेपाल राज्यमा नियामक निकायबाट इजाजत लिई संचालित जीवन बीमा कम्पनीहरुबीच आपसी समझदारी, सौहाद्र्ध वातावरण कायम गरी व्यवसायको संरक्षण तथा विकास गर्न आवश्यक कार्यक्रमहरु संचालन गर्ने रहेको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुको सदस्यता लिई नेपालको जीवन बीमा व्यवसायको विकासमा सहयोग पुर्याउने, जीवन बीमा व्यवसायसंग सम्बन्धित वुलेटिन, न्यूजलेटर आदि प्रकाशन गर्ने/गराउने, अन्तर्राष्ट्रिय बीमा संघ र सामाजिक संघ संस्थाहरुको आवश्यकताअनुसार सदस्यता ग्रहण गर्ने, जीवन बीमा व्यवसायलाई देश विकाशको मेरुदण्डको रुपमा विकास गर्न अन्य आवश्यक कार्यहरु गर्नेलगायतका काम उक्त सस्थाले गर्छ ।

 संघको अध्यक्षमा सूर्या लाइफ लाइन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे छनोट भएका छन्  । संघको उपाध्यक्षमा उपाध्यक्षमा मेट लाइफ एलिकोका सीइओ निर्मल काजी श्रेष्ठ, सचिवमा सिटिजन्स लाइफ इन्स्योरेन्सका सीइओ पोषक पौडेल, कोषाध्यक्षमा रिलाइन्य लाइफका सीइओ प्रविणरमण पराजुली रहेका छन् ।

त्यसैगरी, तदर्थ समितिको कार्यसमितिमा युनियन लाइफका सीइओ मनोजकुमार कर्ण, रिलायवलका सीइओ नारायणबाबु लोहोनी, सन नेपालका सीइओ राजकुमार अर्याल, बीमा संस्थानका प्रशासक कबिप्रसाद पाठक र ज्योति लाइफका डेपुटी सीइओ प्रकाश खत्री छन् । उक्त संघले जीवन बीमासँग सम्बन्धीत कठिनाइहरु साझा प्लेटफर्ममा छलफल गरेर नियमनकारी निकाय र सरकारसँग लबिङ गर्ने संघका अध्यक्ष पाण्डेले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल लाइफले ल्यायो ‘केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना’, यस्ता छन् विशेषता

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना …

प्रतिकृया दिनुहॊस