बार्सिलोना भ्यालेन्सियासँग २-० ले पराजित

एजेन्सी । बार्सिलोना भ्यालेन्सियासँग पराजित भएको छ। स्पेनिस ला लिगा अन्तरगत शनिबार भएको खेलमा भ्यालेन्सियाले बार्सिलोनालाई २-० ले स्तब्ध पारेको हो। घरेलु मैदानमा बार्सिलोनालाई पराजित गर्ने क्रममा भ्यालेन्सियाले ४८ औं मिनेटमा पहिलो अग्रता लिएको थियो। टोलीका लागि सो गोल म्याक्सी गोमेजले गरेका थिए।

यसैगरी टोलीका लागि दोश्रो गोल पनि गोमेजले नै गरे। उनले दोश्रो गोल खेलको ७७ मिनेटमा गरेका हुन्। सन् २००१७ यता घरेलु मैदानमा भ्यालेन्सियाले पहिलोपटक बार्सिलोनालाई पराजित गरेको हो। हारसँगै बार्सिलोनाले रियल मड्रिडसँग दुरी बढाउने मौका गुमाएको छ।

हारपछि लिगको पहिलो स्थानमा रहेको बार्सिलोनाको २१ खेलबाट ४३ अंक छ भने एक खेल कम खेलको रियल मड्रिडको पनि ४३ अंक छ। यस्तै बार्सिलोनालाई राजित गरेको भ्यालेन्सियाले २१ खेलबाट ३४ अंक जोडेको छ। घ लिगको पाँचौ स्थानमा छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बहराइनसँग नेपाल पराजित

काठमाडौँ । नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनौटअन्तर्गत बहराइनसँग पराजित भएको छ । …

प्रतिकृया दिनुहॊस