चेल्सीको कठिन जित

काठमाडौँ । गएराति भएको एफए कपमा चेल्सीले हल सिटीलाई पराजित गर्दै अर्को चरणमा प्रवेश गर्न सफल भएको छ । चेल्सीले हल सिटीलाई २–१ गोलले पराजित गरेको हो । खेलको छैटौँ मिनेटमा मिची बत्सुवाईले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

चेल्सीका लागि फिकायो तोमोरीले ६४ औ मिनेटमा दोस्रो गोल गरे । हल सिटीका लागि कामिल ग्रोसिकीले ७८ औ मिनेटमा एक गोल फर्काए । यो जितसँगै चेल्सी एफए कपको पाँचौँ चरणमा प्रवेश गर्न सफल भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दीपेन्द्रसिंह ऐरीको जर्सी १ हजार ५० डलरमा बिक्री

काठमाडौं । अमेरिकाका नेपाली क्रिकेट टीमका खेलाडी दीपेन्द्रसिंह ऐरीको जर्सी सबैभन्दा बढी मुल्यमा विक्री भएको …

प्रतिकृया दिनुहॊस