भारतमा अर्की एक टेलिभिजन अभिनेत्रीले गरिन् आत्महत्या

नयाँदिल्ली । भारतीय टेलिभिजन अभिनेत्री सेजल शर्माले शुक्रबार आत्महत्या गरेकी छन् । प्रहरीका अनुसार उनले घरमा सुसाइड नोट पनि प्राप्त भएको छ । सेजल शर्मा स्टार प्लसको सिरियल ‘दिल तो ह्याप्पी हे जी’मा अन्तिम पटक देखिएकी थिइन् ।

सिरियालमा सेजलले सिम्मी खोसलाको भूमिका निभाएकी थिइन्, जो मुख्य पात्रको बहिनीको भूमिका हो । प्रहरी इन्स्पेक्टर सन्दीप कदमले सेजल शर्माको घरमा सुसाइड नोट प्राप्त भएको र त्यसमा नीजि कारणले आत्महत्या गर्नुपरेको लेखिएको बताए ।

सेजलले सिरियल अघि भीवो मोबाइल र उषा पंखाजस्ता ब्राण्डका विज्ञापनमा अभिनय गरिसकेकी छन् । भीवोका विज्ञापनमा उनी आमिर खानसँग देखिइएकी थिइन् भने उषा पंखाको विज्ञापनमा उनी किक्रेटर रोहित शर्मा र हार्दिक पाण्डेसँग देखिएकी थिइन् ।

यस अतिरिक्त सेजल शर्मा ‘आजाद परिन्दे’ नामक वेब सिरिजमा पनि काम गरिसकेकी छन् । उनले पहिलो पटक मोटोरोलाको विज्ञापनमा काम गरेर यस क्षेत्रमा प्रवेश गरेकी थिइन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गोलरक्षक एञ्जिलाको संघर्षमा आधारित फिल्म अञ्जिला’ माघमा प्रदर्शनमा आउने

काठमाडौँ । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको …

प्रतिकृया दिनुहॊस