संघर्षपूर्ण जीत निकाल्दै चौथो चरणमा पुगे रोजर फेडेरर

काठमाडौं । अस्ट्रेलियन ओपन टेनिसको उपाधि ६ पटक जितेका रोजर फेडेरर संघर्षपूर्ण खेलमा जीत निकाल्दै यसपटक चौथो चरणमा पुगेका छन्।

विश्व नम्बर तीन स्वीस फेडेररले बरियता बिहीन अस्ट्रेलियन जोन मिलम्यानलाई अति कठिन गरी पराजित गरेका हुन्।

फेडेररले मिलम्यानलाई ४–६, ७–६ (७–२), ६–४, ४–६ र ७–६ (१०–८) को सेटमा पराजित गरेका हुन्। यो खेलमा जित निकाल्नका लागि फेडेररले चार घण्टा तीन मिनेट खेल्नु परेको हो ।

चौथो चरणमा उनले हंगेरीका मार्तोन फुक्सोविचसँग प्रतिस्पर्धा गर्ने छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बहराइनसँग नेपाल पराजित

काठमाडौँ । नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनौटअन्तर्गत बहराइनसँग पराजित भएको छ । …

प्रतिकृया दिनुहॊस