गर्भवती महिलालाई अमेरिकी भिसामा कडाई

एजेन्सी । अमेरिकाले गर्भवती महिलाहरुलाई दिने भिसामा कडाई गरेको छ । स्वघोषित ‘बर्थ टुरिजम’ रोक्न आजैबाट अध्यागमन कानुनमा नयाँ व्यवस्था लागु गरिएको हो । यसअघि गर्भवती महिलाले अमेरिकाको भिसा लिने, अमेरिकामा बच्चा जन्माउने र त्यसको उद्देश्य आफ्नो बच्चालाई अमेरिकी नागरिक बनाउने चलन रहेको बताइएको छ ।

अमेरिकी अधिकारीहरुका अनुसार अब गर्भवती महिलालले अमेरिकी भिसाको लागि आवेदन दिंदा अमेरिका प्रवेशको तर्कपूर्ण कारण खुलाउनुपर्नेछ । साथै अमेरिकाले स्वास्थ्य उपचारका लागि जाने मानिसमा पनि कडाइ गर्ने भएको छ । यसका लागि भिसा आवेदकले आफ्नो खर्चको विवरण पहिला नै सप्रमाण जानकारी गराउनुपर्नेछ ।

सन् २०१७ मा विदेशी आमाबाट अमेरिकामा १० हजार बच्चा जन्मेका थिए भने दश वर्ष अघि सन् २००७ मा सो संख्या ७ हजार ८ सय रहेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सोल्टी होटल र इसेवाबीच सहकार्य

काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र पाँचतारे होटेल सोल्टी होटेल्स तथा रिसोर्टसबीच व्यावसायिक …

प्रतिकृया दिनुहॊस